Live Streaming

संविधानमा महिलाको अधिकार सुनिश्चित गरिनुपर्ने माग गर्दै बृहत् ¥याली

काठमाडौँ, २३ भदौ । महिला अधिकारकर्मीले आगामी बन्ने संविधानमा महिलाको हकअधिकार सुनिश्चित गरिनुपर्ने माग गर्दै बृहत् ¥याली निकालेका छन् । महिला अधिकारकर्मीले नागरिकतामा आमा र बाबु होइन आमा वा बाबु हुनुपर्ने, प्रजनन अधिकार सुनिश्चित हुनुपर्ने, विभिन्न किसिमले महिलामाथि हुने गरेको हिंसाको अन्त्यजस्ता विषय संविधानमा राखी महिलामैत्री संविधान निर्माण गर्नुपर्ने भन्दै आज बृहत् ¥याली निकालेको हो । 

रिले अनशन बसेको स्थान बबरमहलदेखि आज बिहान ११ बजेदेखि सुरु भएको ¥याली नयाँबानेश्वर चोकमा गएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा करिब दुई हजार महिलाको सहभागिता रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मी डा रेणु राजभण्डारीले संविधानको मस्यौदाले महिलाको अधिकार सम्बोधन गर्न नसकेकाले महिला अधिकारकर्मीले रिले अनशन बस्नुपरेको बताउनुभयो । 

महिला अधिकारकर्मीको माग जायज भन्दै अहिलेसम्ममा एनेकपा (माओवादी)का उपाध्यक्ष्य नारायणकाजी श्रेष्ठ, महिला सभासद् आशा कोइराला, सीता नेपाली, दिलमाया थामी, ममता गिरी, राधा तिमिल्सिना, अधिवक्ता र पत्रकारसहित दुई हजार जनाले ऐक्यबद्धता जनाइसकेको कार्यक्रम संयोजक अस्मिता मानन्धरले बताउनुभयो । गत १७ गतेदेखि सुरु गरेको रिले अनशन आफ्नो माग पूरा नभएसम्म जारी रहने संयोजक मानन्धरले जानकारी दिनुभयो । रासस