Live Streaming

​राप्रपा नेपाल बाहिरिने

काठमाडौं,२३ भदौ । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ । आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले संविधानसभामा आफ्नो पार्र्टीलाई किनारा लगाइएको भन्दै संविधान निर्माणको बाँंंकी प्रक्रियामा सामेल नहुने निर्णय गरेको अध्यक्ष कमल थापाले बताउनुभयो ।

राप्रपा नेपालका सचेतक दिलानाथ गिरीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई अघि दिउँंसो पत्र बुझाएर संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको औपचारिक जानकारी गराउनुभएको छ । गिरीले प्रमुख ३ दलले आफूहरुलाई हार्न पनि नदिएर निषेध गरेकाले सो निर्णय गरको सभाध्यक्षलाई सुनाउनुभएको थियो । राप्रपा नेपालले धर्मनिरपेक्षताको स्थानमा हिन्दु राष्ट्र राख्नुपर्ने माग गर्दै संविधान विधेयकमा संसोधन प्रस्ताव दर्ता गरेको छ । संविधानसभामा सो पार्टीका २५ सभाषद् छन् ।

राप्रपा नेपालका राप्रपा नेपालबाहिरिएसंगै संविधान निर्माण प्रक्रिया बहिष्कार गर्ने दलको संख्या ११ पुगेको छ । अहिलेसम्म १ स्वतन्त्रसहित ८२ सभाषद्ले संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका छन् । हिजोमात्रै विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतन्त्रिक) ले पनि संविधान निर्माणको पक्रियाबाट बाहिरिएको घोषणा गरेको थियो । तराइ मधेशको प्रतिनिधित्व गर्ने कुनै पनि अब संविधान निर्माण प्रक्रियामा सामेल छैनन् ।