लक्ष्मण थारु पक्राउ
रुपन्देही,२३ भदौ । मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले रुपन्देहिको भैरहवाबाट पक्राउ गरेको छ । भदौ सातमा एएसएसपी सहित ९ जना मारिएको टीकापुर घटनामा संलग्न भएको अभियोग लागेका थारुलाई प्रहरीले सिद्धार्थनगर–८ बाट पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाई उद्धृत गर्दै सहकर्मी कृष्णप्रसाद ढकालले जनाएका छन ।
लुम्बिनी प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले कैलाली प्रहरीको अनुरोधमा भैरहवामा रहेका थारुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । टीकापुर घटनामा संलग्न रहेको प्रमाणसहित कैलाली प्रहरीले खोजीका लागि अनुरोध गरेकाले पक्राउ गरेको जनाउँदै अहिले थारुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको एसएसपी केसीले बताउनुभयो । कैलालीका स्थायी वासिन्दा थारुलाई अब टीकापुर चलान गरिने प्रहरीको भनाइ छ ।