Live Streaming

शरणार्थीहरुद्धारा सत्याग्रह आन्दोलन सुरु

मोरङ,२३ भदौ । स्वदेश फिर्तिको माग गर्दै झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीहरुले सत्याग्रह आन्दोलन सुरु गरेका छन् । उनीहरुले झापाको बेलडाँगी शरणार्थी शिविरमा हिजोबाट सो आन्दोलन सुरु गरेका हुन् । शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास बन्द गरि मातृभुमी फिर्ने वातावरण बनाइदिन अपिल गर्दै सयौं शरणार्थी धर्ना बसेका छन् ।

राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले पुनर्वासको सट्टा भुटान फर्काउन पहल गर्नुपर्ने उनीहरुको माग रहेको छ । ८ वर्ष यता थालिएको पुनर्वास प्रकृयामा पूर्वी झापा र मोरङका एक लाख भन्दा बढी शरणार्थीहरु युरोप र अमेरिका पूर्नावास भइसकेका छन् । हाल भने झापा र मोरङका विभिन्न शिविरमा १५ हजारका हाराहारीमा भुटानी बस्दै आएका छन् ।