टिकापुरमा ६ घन्टाका लागि कफ्र्यु खुल्यो
धनगढी,२३ भदौ । प्रशासनले दिनको ६ घन्टा कफृ्र्यु हटाएसँगै कैलाली टिकापुरको जनजीवन केही समान्य बन्दै गएको छ । स्थानीय प्रशासनले बिहान ६ बजेदेखि १२ बजेसम्मका लागि कर्फ्यु हटाएको हो । हिन्दुहरुको चाड हरितालिका नजिकिदै गरेकाले पनि बजारमा मानिसहरुको चहलपहल बढी देखिन थालेको छ ।
निरन्तर कर्फ्यु लाग्दै आएको टिकापुरसहित २ नगरपालिका र १० गाविसमा आजदेखि ६ घन्टा कर्फ्यु हटाएको हो । यसअघि हिजोसम्म बिहान ५ घन्टामात्र कर्फ्यु हटाउदै आएको थियो । बजारमा खाद्यन्न तथा लत्ताकपडाका पसलहरुमा भिडभाड देखिन थालेको छ भने बैंक तथा वित्तिय संस्थाहरुमा पनि मानिसहरुको घुँइचो लाग्न थालेको छ । धनगढीमा भने मध्यान्न १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु लाग्दै आएको छ ।
यता पर्साको विरगञ्जमा पनि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म कर्फ्यु हटाउदै आएको छ । पछिल्ला दिनमा कर्फ्यु खुकुलो बनाउदै गएपनि जनजीवन समान्यउन्मुख हुदै गएको छ । मधेशकेन्द्रि दलहरुले गरेको अनिश्चितकालिन बन्दका कारण तराइका अन्य जिल्लाको जनजीवन पनि झण्डै एक महिनायता प्रभावित बन्दै आएको छ ।