Live Streaming

​अब कुनै पनि बहानामा संविधान रोकिन्न : झलनाथ खनाल

काठमाडौं,२३ भदौ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अब कुनै पनि बाहानमा संविधान निमार्ण कार्य नरोकिने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले संविधान जारी गर्न जति ढिला ग¥यो त्यति नै हिंसा मच्चाउने तत्व सक्रिय हुने बताउनुभयो ।

नेता खनालले अहिले केही नेता र समुहले संकुचित स्वार्थ पूर्ति गर्न जनतालाई जबरजस्ती आन्दोलनमा ल्याएको जिकिर गर्दै साम्प्रदायिकता मच्चाउने खेलमा लागेको आरोप लगाउनुभयो ।  उहाँले जातिय र क्षेत्रिय राजनीतिले मुलुकलाई फाईदा नगर्ने भन्दै मधेशमा अब मधेश जागरण अभियान सञ्चालन गर्न लागको बताउनुभयो ।

मधेशी दलहरु मधेशको सच्चा प्रतिनिधि नभएको दावी गर्दै नेता खनालले मधेशी जनताको पक्षमा कँग्रेस÷एमाले र एमाओवादी रहेको बताउनुभयो । मधेशी जनताको माग सम्बोधन भैसकेको बताउँदै उहाँले मधेश केन्द्रित दल साम्प्रदायिकता मच्चाएर देशलाई नाइजेरीया, रुवाण्डा र बुरुण्डी बनाउने खेलमा लागेको आरोप लगाउनुभयो । सबैको चित्त बुझाएर संविधान जारी गर्ने विषय अत्यन्तै कठिन भएकाले धेरैभन्दा धेरै पक्षलाई समेटेर संविधान जारी गर्नुको विकल्प नरहेको खनालको भनाइ छ ।