असन्तुष्ट पक्षलाई समेट्न तीव्र पहल
काठमाडौं,२३ भदौ । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन प्रमुख दलहरुल प्रयास जारी राखेका छन् । कांग्रेस, एमाले, एनेकपा माओवादीले आन्तरीक, बहुपक्षिय छलफल थालेका छन । विभिन्न आन्दोलनरत पक्षसँग दिनभरजसो औपचारीक तथा अनौपचारीक छलफल हुने तीन दलका नेताहरुले बताएका छन ।
एकपछि अर्को दल तथा दलका सभासदहरु संविधान निर्माणको प्रक्रियाबाट अलग हुन थालेपछि प्रमुख तीन दलले विभिन्न चरणमा छलफल गर्न लागेका हुन । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग छुट्टा छुट्टै छलफल गर्ने जनाएका छन । नयाँ संविधानको विधेयक मस्यौदाको संसोधनमा पार्टीले अघि सारेका एजेन्डा सम्बोधन नभएको भन्दै फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको तीन दलीय मोर्चाले संविधानसभा प्रक्रियाबाट अलग हुने निर्णय लिएको थियो ।
यसैबीच हिजोबाट संविधान सभा मधेशकेन्द्रित दलविहीन भएको छ । हिजोको बैठकमा फोरम लोकतान्त्रिक सहित राष्ट्रिय मधेश समाजवादी पार्टी र फोरम गणतान्त्रिक सहभागी भएनन । सद्भावना पार्टीले यसअघि नै राजीनामा बुझाइसकेको छ । सदभावना पार्टी समेत समोल संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि संविधानसभा बहिष्कार गर्दै आएको छ । मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र संघीय सद्भावना पार्टी पनि छन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सभासद रुक्मिणी चौधरीले पनि संविधानको दफाबार छलफलमा सहभागी नहुने बताउनुभयो ।