सर्पले टोकेर ज्यान गयो
रत्नप्रसाद आचार्य
इटहरी ,२२ भदौ । सर्पले टोकेर मोरङको सलकपुरका २३ बर्षिय सन्दिप ढकालको मृत्यु भएको छ । सोमबार राति घरमै बसेर टीभी हेरिरहेको अवस्थामा गोमन सर्पले टोकेर घाइते भएका सन्दिपको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै निधन भएको हो ।
सर्पले टोकेर गम्भीर घाइते भएका सन्दिपलाई सुरुमा नेपाली सेनाको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिए पनि उनको त्यहाँ उपचार सम्भव नभएपछि बीपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा निधन भएको थियो । सन्दिपको निधनले सिंगो सलकपुर सोकमा डुबेको स्थानिय ललित श्रेष्ठले बताएका छन् ।