Live Streaming

अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं,२२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘दीगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने नाराका साथ मनाइने दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

सरकारले यसै बर्षको डिसेम्बरसम्मा निरक्षरता उन्मुलन गर्ने प्रतिबद्धता गरेको भएपनि यो अभियान प्रभावकारी बन्न सकेको छैन । देशमा हाल २ लाख ८३ हजार निरक्षर छन् । नेपालमा वि सं २०३१ सालदेखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो भने हरेक सेप्टेम्बर ८ मा मनाइने अन्तर्राष्ट्रिय रुपमा साक्षरता दिवसलाई पनि भदौ २२ मै मनाउन थालिएको छ ।