Live Streaming

​आज दशौं निजामती दिवस मनाइँंदै

काठमाडौं,२२ भदौ । आज,दशौं निजामती सेवा दिवस निजामती कर्मचारीहरुले विभिन्न कार्यक्रम गरी मनाउँंदैछन् । दिवसको यो वर्षको नारा ‘भाषण नगर काम गर’ भन्ने तय गरिएको छ ।  दिवसका अवसरमा सरकारका सचिव तथा कर्मचारीहरुका संगठनहरुले आज अन्तक्रिया  कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

अपरान्ह ३ बजे आयोजना गरिने कार्यक्रममा निजामती सेवा र स्थानीय निकायका विषयमा छलफल हुने मुख्य सचिव सोमलाल सुवेदीले जानकारी दिनुभयो । यस्तै निजामती सेवाका उच्च अधिकारी तथा कर्मचारी भेला भएर आज विहान प्रभातफेरि निकालेका छन् ।

२०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिनको सम्झनामा २०६२ सालदेखि हरेक बर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइँंदै आएको छ । नेपालमा हाल झण्डै ८० हजार निजामती कर्मचारी छन् ।