Live Streaming

​बन्दले तराईको जीवन अत्यन्तै कष्टकर बन्दै

काठमाडौं,२२ भदौ । प्रादेशिक सिमांकनको विरोधमा आन्दोलनरत मधेशकेन्द्रित दलहरुले अनिश्चितकालिन बन्द आह्वान गरेको झण्डै एक महिना पुग्न लाग्दा तराइको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा मध्य तराइका जिल्लामा हिंसात्मक आन्दोलन भइरहेका छन् भने पूर्व र पश्चिम तराइमा पनि प्रभाव परेको छ । धनुषाको जनकपुरमा गएराती ८ बजेसम्म आन्दोलनकारी र प्रहरीबिच झडप भएको थियो ।

झडपका क्रममा एक पत्रकारसहित दर्जन बढि घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् । एमाले पार्टी कार्यलयमा आक्रमण गर्ने क्रममा एमाले कार्यकर्तासँग पनि झडप भएको थियो । आन्दोलनकारीहरुले प्रहरी, सरकारी कार्यलय र अन्य पार्टीका कार्यलयहरुमा तोडफोड गर्दै आएका छन् । यता पर्साको विरगञ्जमा स्थानीइ प्रशासनले जारी गरेको अनिश्चितकालिन कर्फयु आज पनि जारी छ । ५ जनाको ज्यान जानेगरी भएको घटनापछि विरगञ्जमा निरन्तर कर्फ्यु जारी छ । जसका कारण स्थानीयबासीलाई समस्या बन्दै गएको छ ।