Live Streaming

​अनुगमन नहुँदा विराटनगरमा तरकारीको मनपरि मुल्य

विराटनगर,२१ भदौ । बन्दको मौका छोपी विराटनगरमा तरकारी तथा खाद्यान्नहरुको मुल्यमा व्यापारीहरुले मनोमानी  गरेका छन् । गुद्रि बजारमा तरकारी व्यापारीहरुले आफुखुसी मुल्य वृद्धि गरी गुणस्तरहीन र कमसल तरकारी बिक्री गर्दा पनी बाणिज्य कार्यालय तथा उपभोक्ता समिति सम्मिलित बजार अनुगमन समितिको अहिलेसम्म ध्यान जान सकेको छैन ।

बन्दका कारण देखाउँंदै व्यपारीहरुले आलु, प्याज, गोलभेडा तथा अन्य तरकारीको मूल्यमा ४० देखी ६० प्रतिशत मुल्य वृद्धि गरेर बिmक्री गरेरहेका छन् । आलु प्याजको मुल्य वृद्धि गर्नुका साथै विग्रिएका कमसल तरकारी बिक्री  गर्दापनी अनुगमन हुन नसकेको सर्वसाधारणहरुको गुनासो छ । २४ दिनदेखिको निरन्तर बन्दका कारण मारमा परेका सर्वसाधारणहरु व्यापारीबाट समेत ठगिने गरेकाले अवस्था दयनीय बनेको छ ।