Live Streaming

यात्रु बोकेको बिमान जंगलमा खस्यो

डाकर,  २१ भदौ । फ्रान्सका एक बिरामीसहित सात जनालाई लिएर उडेको विमान सेनेगल नजिकै सामुद्रिक तटीय क्षेत्रको जंगलमा अाइतबार दुर्घटनाग्रस्त भएको छ । सेनेगल हवाई कम्पनीको बुर्किन फासोबाट उडेको उक्त दुई इन्जिन भएको विमान स्थानीय समयअनुसार शनिबार साँझ ७ बजेपछि सम्पर्कविहीन भएपछि दुर्घटनामा परेको यहाँको उड्डयन कार्यालय स्रोतले जनाएको छ ।
 विमान सेनेगलको राजधानी डाकरको १११ किलोमिटर पश्चिमबाट सम्पर्कबाहिर गएको सेनेगलको नागरिक तथा उड्डयन प्राधीकरणले आइतबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।सेनेगलको हवाई सेनाले हराइरहेको जहाजको खोजी गरिरहेको वक्तव्यमा भनिएको छ । एजेन्सी