टर्कीमा १५ सैनिक मारिए
एजेन्सी,२१ भदौ । टर्कीमा सेना विरुद्ध कुर्दिस बिद्रोही पिकेकेले गरेको आक्रमणमा कम्तीमा १५ सैनिक मारिएका छन् । टर्किको पूर्वी हक्कारीमा भएको सो आक्रमणमा अन्य दर्जनौ घाइते भएको टर्किस अधिकारीहरुले जनाएका छन् ।
सो प्रान्तमा आफ्ना क्याम्प विस्तारमा लागेको पिकेके बिद्रोहीविरुद्ध कारबाहीमा उत्रिएका सेना सो क्रममा मारिएको बीबीसीले जनाएको छ । सो घटना पछि टर्किस प्रधानमन्त्रीले आकस्मिक सुरक्षा बैठकको आव्हान गर्नुभएको छ । हिजोमात्र विद्रोहीका लागि हतियार बोकेका २ बटा सवारी सो क्षेत्रमा प्रवेश गरेको सूचना सेनाले प्राप्त गरेको थियो ।