Live Streaming

​बाढी र चट्याङमा परी २५ जनाको मृत्यु

एजेन्सी,२१ भदौ । भारी बर्षासँगै आएको बाढी र चट्याङले लागेर भारतमा २५ जनाको मृत्यु भएको छ । चट्याङले लागेर भारतको आन्ध्र प्रदेशमा मात्रै २० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार राज्यको अकेले नेल्लोर जिल्लामै ६ जनाको मृत्यु भएको हो ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले मृतक सबैका परिवारलाई ४–४ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । यस्तै भारी बर्षापछिको बाढीले आसाम पनि नराम्ररी प्रभावित भएको छ । बाढीमा परी आसाममा थप पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । यो सँगै आसाममा बाढीमा परी यसबर्षमात्र मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

बाढीबाट २० जिल्लाका १ हजार ८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको बताइएको छ । बाढी पहिरोबाट विस्थापित बनेका करिब डेढ लाख मानिसलाई २ सय ७७ वटा शिविरमा राखिएको छ ।