ट्याक्टरले किचेर बालकको मृत्यु
वीरगन्ज, २० भदौं । पर्साको महुवनमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । कुखुराको दाना लोड गरेको ना ४ त २६९२ नम्बरको ट््याक्टरले किच्दा महुवन गाविस वडा नम्बर १
निवासी सोनालाल जयसवालको ३ वर्षीय छोरा आयुष कुमार जयसवालको ज्यान गएको हो ।
ट्याक्टरले टाउको किचिएका आयुषको उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याई पु¥याउन नपाउँदै बाटोमै मृत्यु भएको अस्पतालमा रहेको प्रहरी विटले जनाएको छ । ट््ययाक्टर सहित चालक विश्रामपुर निवासी रामबाबु रामलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद गुप्ताले जानकारी दिनुभयो ।