सिरियामा भीडन्त हुँंदा ४७ जना मारिए
एजेन्सी,२० भदौ । सिरियामा अतिवादी समूह इस्लामिक स्टेट र उ बिरुद्ध लड्दै आएको बिद्रोही समुहबीचको भीडन्तमा कम्तीमा ४७ जना मारिएका छन् । सिरियाको दक्षिणी भागमा पर्ने कासिरियाको मारिया सहरमा भएको सो झडपमा २० आईएस लडाकु र २७ जना बिद्रोही मारिएको सिरियन अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आई एस बिद्रोहिले आफ्नो नियन्त्रणमा लिन प्रयासरत मारिया शहरबाट उनिहरुलाई भागाउन बिद्रोहि समुहले आक्रमण गरेको थियो । सो शहर अहिले बिद्रोहिले कब्जामा लिएका छन् । गत साता पनि सो स्थानमा बिद्रोहि सेनाले आईएस बिरुद्ध गरेको कारबाहिमा दर्जनौ आईएस बिद्रोहि मारिएका थिए । उनीहरुले रासायनिक हतियार र बिशाक्त ग्यास समेत प्रयोग गरेका थिए ।