Live Streaming

​ आज मानव बेचविखनविरुद्धको दिवस

काठमाडौं,२० भदौ । मानव बेचविखनविरुद्धको नवौं राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइंदैछ । दिवसको यस वर्षको नारा हामी सबै मिली गरौं विपदको सामना ः मानव बेचविखनको अन्त्य हाम्रो कर्तव्य र चाहना तय गरिएको छ ।

सन् २००२ मा काठमाडौमा सम्पन्न सार्कको एघारौं शिखर सम्मेलनबाट पारित महिला तथा वालवालिका बेचविखनबिरुद्धको सार्क महासन्धीलाई व्यवस्थापिका संसद्ले २०६३ साल भदौ २० गते अनुमोदन गरेपछि हेरक बर्ष भदौ २० मा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा मानव बेचविखन रोक्ने कार्य चूनौतीपूर्ण रहदै आएकोमा गत वैशाखको भूकम्पपछि बेचविखन झनै बढेको सरोकारवालाहरुले बताउंछन् । खुला सिमा रहेको छिमेकी भारतमा बर्षेनी ठूलो संख्यामा नेपाली चेलीहरु बेचिन्छन् भने सरकारले कानुनी रुपमा जान रोक लगाएका दक्षिण अफ्रिका र खाडी मुलुकहरुमा पनि दलालहरुले बिभिन्न चोरबाटोबाट नेपाली महिलाहरुलाई लैजाने गरेका छन् ।