Live Streaming

​केसीले अनसन तोड्दै

काठमाडौं,२० भदौ । सरकारसँग ११ बुंदे सहमती भएपछि १३ दिनदेखि अनसनरत डा. गोबिन्द केसीले आज अनसन् तोड्दै हुनुहुन्छ । हिजो मध्यरातमा माथेमा प्रतिवेदनले दिएका सुझाव कायन्वयन गर्ने लगायतका सहमती भएपछि डा. केसीले आज अपरान्ह ३ बजे अनसन तोड्ने बताउनुभएको हो । डा. केसीले अनसन तोडेसँगै शिक्षण अस्पतालमा ठप्प रहेका अकस्मिक बाहेकका सबै सेवा आजैदेखि सुचारु हुने आन्दोलनरत चिकित्सकहरुले जनाएका छन् । 


मुख्य सचिव सोमलाल सुवेदी तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल र डा केसी समर्थकबिच माथेमा कार्यदलको सुझाव कार्यन्वयनका साथै काठमाण्डौँ उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनसायपत्र नविकरण नगर्ने, एमबिबिएस कार्यक्रमका लागि सिट संख्या घटाउदै लैजाने, सम्बन्धन, भर्ना, नियुक्ती लगायत छानबिनका लागि आयोग गठन गर्ने लगायतका ११ बुंदे सहमती गएराती भएको हो ।   


सहमतीपछि डा. केसीले सरकारले फेरि आफुलाई झुक्याउन सक्ने भन्दै यसतर्फ आफु सचेत रहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि पनि भएका सहमती कार्यान्वयनमा सरकारले चासो नदेखाएकाले आफुले ११ बुंदे सहमती कार्यन्वयनमा लागि दबाब दिइरहने बताउनुभयो । चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै डा. केसी गत ७ गतेदेखि छैटौँ पटक अनसन बस्नुभएको थियो ।