Live Streaming

कैलालीका विद्यालय एक महिनादेखि बन्द


निषेधाज्ञा तोडदै विद्यालय सञ्चालनको माग 

शिबराज भट्ट
धनगढी १८ भदौ : लगातारको बन्द र कफ्र्युले विद्यालयहरु बन्दहुदा विद्यार्थीको भविष्यमाथी खेलवाड भईरहेको भन्दै सयुक्त विद्यार्थी संघ कैलालीले निषेधाज्ञा तोड्दै तत्काल विद्यालय सञ्चालनको माग गरेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम र थारु विद्यार्थी समाजले विद्यालय खोल्नुपर्ने मागगर्दै धनगढीको एलएनचोकदेखि सेती अञ्चल अस्पताल सम्म ¥याली प्रदर्शन गरेका हुन । 

कैलालीमा स्थानीय प्रशासनले, शुक्रबार दिउसो १२ बजेदेखि बेलुकी चार बजेसम्म कफ्र्यु र त्यसपछिको २० घण्टा सम्म निषेधाज्ञा जारी गरेको छ । धनगढीको एलएन चोकमा जमा भएका विभिन्न संगठनका झण्डै ५० जना भन्दा बढी विद्यार्थीले विद्यालय सञ्चालनको मागगर्दै छातीमा प्लेकार्ड टाँसेर मौन जुलुस निकालेका हुन । तर निषेधित क्षेत्रमा ¥याली, जुलुस र सभा गर्न नपाईने भन्दै विद्यार्थीको ¥यालीलाई प्रहरीले जिल्ला प्रशासन पुग्नु अगावै सेती अञ्चल अस्पतालको गेट नजिकै रोकेको थियो । 

‘अधिकारका लागि आन्दोलनमा रहेका आन्दोलनकारीहरुले शान्तिपुर्ण आन्दोलन गर्दै गरुन, तर एक महिनादेखि बन्द गरिएका विद्यालय कलेजहरु खुल्नुपर्छ’ थारु विद्यार्थी समाज, कैलाली बहुमुखी क्याम्पस ईकाई अध्यक्ष संयोग चौधरीले भने । सो कलेजमा विए दोस्रो वर्षमा अध्ययनरत संयोगले पाठ्यक्रम एक महिना ढिलो भएकाले विद्यार्थी समस्यामा परेको बताए । ‘एक महिनादेखि स्कुल कलेज बन्द छन, त्यसमा अखण्ड सुदूरपश्चिम माग्नेका छोराछोरी पनि पढ्छन, थारुवान÷थरुहट माग्नेका छोराछोरी पनि पढ्छन, त्यसैले शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ’ उनले भने ।


एमाओवादी निकटको अखिल क्रान्तिकारीका, कैलाली बहुमुखी क्याम्पस ईकाई अध्यक्ष घनश्याम भट्टले, विद्यालय, कलेज सञ्चालन हुनपर्छ भनेर प्रशासनलाई दबाब दिन निषेधाज्ञा तोडेको बताए । ‘हामीहरुले मौन जुलुस निकालेका हौं, शान्तिपुर्ण प्रदर्शन गरेका हौं, विद्यालय कलेज बन्द गरेर राजनीतिक दलहरुले हिजोका दिनमा गरेका विद्यालय शान्ति क्षेत्रको प्रतिवद्धता विर्सेका छन’ उनले भने । ‘स्वास्थ्य र शिक्षा बन्दमुक्त क्षेत्र हुनुपर्छ ।’

विद्यार्थीहरुले स्थानीय प्रशासनलाई जानकारी गराए, ¥याली नै निकाल्न नदिए भएकाले, लुकेर ¥याली निकालेको बताएका छन । ‘बन्दकर्तासँग पनि छलफल ग¥यौं कसैले मानेन, जिल्ला शिक्षा, स्थानीय प्रशासनसँग कतिपटक छलफल भयो तर कुनै पनि निकाय विद्यालय, कलेज खोल्न गम्भिर देखिएनन’ नेपाल विद्यार्थी संघका अध्यक्ष विनयलामाले भने । ‘बाध्य भएर निषेधाज्ञा तोड्नुपरेको हो ।’

विद्यार्थीहरुले मौन जुलुस निकालेको थाहा पाएपछि, अचानक तीन गाडीमा प्रहरी आएर ¥याली घेरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेको स्थानमा पाँच जना भन्दा बढीलाई भेला हुन दिदैन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक निकटको विद्यार्थी संगठन मधेसी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष रवी शुक्लालले हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विद्यालय र विद्यार्थीलाई निसाना बनाईरहेको भन्दै चिन्ता प्रकट गरे । ‘जसको पनि बन्दको निसाना विद्यालय, विद्यार्थी पर्नु हुदैन, पढन पाउने मौलिक हकको हनन नगर्न आन्दोलनरत पक्ष र राज्यलाई अनुरोध ’ उनले भने । ‘पार्टीहरुले वार्ता गरेर समस्या समाधान गर्नुप¥यो ।’

¥यालीमा सहभागि रोसना गुरागाईले, एक दुई दिनको बन्द भए त सहनु एक महिनादेखिको बन्द, कफ्र्यु सहन नसकेकाले विद्यार्थीहरु सडकमा आएको बताईन । ‘विविए दोस्रो वर्षको जाँच दिएर कलेज भर्ना गरेको एक महिना भयो, पढाई सुरु भएको छैन, अहिले सम्म २५ प्रतिसत कोर्स सकिनु पर्ने हो, तर सुरु नै भएको छैन, हामीले पढन पाउनुपर्छ’ उनले भनिन । 
विएड तेस्रो वर्षमा अध्ययनरत निर्मला मल्लले पनि बन्द र कफ्युले जनजीवन प्रभावित भएको बताईन । विद्यार्थी देशको कर्णाधारको भन्छन, पढ्न नदिने, विद्यालय खोल्न नदिने, अनी कर्णाधारको भविष्य के हुन्छ ? देश विकास कसरी हुन्छ ?’ उनले आक्रोस पोखिन । 

प्याव्सनद्वारा पनि विद्यालय सञ्चालनको माग
एक महिनादेखि विद्यालय बन्द भएपछि, प्याब्सन र एन प्याब्सन कैलालीले पनि विहानी समयमा विद्यालय सञ्चलनका लागि आग्रह गरेका छन । प्याव्सनका अध्यक्ष आरसी यादव र एन प्याव्सन कैलालीका अध्यक्ष धर्मराज रेग्मीले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विहानीको समयमा विद्यालय सञ्चालन गर्न दिन सबै पक्षलाई आग्रह गरेका छन । ‘विहान साढे ६ बजेदेखी ११ बजे सम्म निर्वाध रुपमा विद्यालय सञ्चालन गर्न दिएर विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चत गराउन बन्दकर्ता र स्थानीय प्रशासनलाई आग्रह गर्दछौं’ जारी गरीएको विज्ञप्तीमा भनिएको छ ।