मधेशी नेताको उत्तेजनाले कैलाली घटनाः संसदीय समिति
सुशील पन्त
काठमाडौं,१८ भदौ । नेपाल प्रहरीका एसएसपी सहित ८ जनाको ज्यान जानेगरी कैलालीको टीकापुरमा भएको घटना मधेशवादी दलका नेताको उत्तेजनापूर्ण भाषण एउटा कारण रहेको संसदीय समितिले निश्कर्ष निकालेको छ । व्यबस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समिति अन्तरगत गठित उपसमितिले प्रहरीका दुईवटा संगठनबीचको समन्वय हुन नसक्नु आर्को कारण भएको निश्कर्ष निकालेको हो ।
सभासद् जीवन श्रेष्ठ नेतृत्वको उपसमितिले स्थलगत निरिक्षणपछि आज समिति बैठकमा घटना विवरण पेशगर्दै मधेशवादी दलका नेताहरुको भाषणले थारु समुदायमा उत्तेजना फैलाएको निश्कर्ष निकालेको हो । समिति बैठकमा उपसमिति संयोजक श्रेष्ठले साउन २८ गते मधेशवादी दलका नेताहरुले थरुहट प्रदेश निर्माणकालागि बञ्चरो, भाला लगायतका घरेलु हतियार ल्याउन गरेको आग्रहअनुसार नै सर्बसाधारण घरेलु हतियार सहित प्रदर्शनमा आएको बताए ।
कैलालीको टीकापुरमा साउन २८ गते भएको सभामा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतो र काग्रेस सभासद अमरेश कुमार
सिंहले थारु समुदायलाइ घलेलु हतियार सहित प्रदर्शनमा आउन उक्साएको भन्दै संसदको राज्य ज्यबस्था समितिले छानविन गरिरहेको छ । ‘घटनास्थलमा फलामे रडलाइ तिखारेका हतिया, लठ्ठीमा काडेतार बेरेर हनुमानको बज्र जस्ता हतियार र ठूला तरवार भेटायौ’ उपसमिति संयोजक श्रेष्ठले भने । घटको अघिल्लो दिन हत्या गरिएका एसएसपी लक्ष्मण न्यौपानेकै उपस्थितीमा प्रदर्शनमा लठ्ठी समेत नबोक्ने सहमति भएकोमा थारुहरु घरेलु हतियार सहित आएको उपसमितिले ठहर
गरेको छ ।
टिकापुर घटनाको पुर्बसन्ध्यामा कैलालीको दुर्गौलीमा पेट्रोल पम्प र धान गोदाममा तोडफोड र आगजनी तथा अखण्ड सुदुरपश्चिम मागकर्ताको २८ वटा मोटरसाइकलमा जोडफोड र आगजजी भएको पनि संसदीय उपसमितिले बताएको छ । घटनापश्चात टीकापुर क्षेत्र अहिलेपनि तनावग्रस्त रहेको र त्यहाँ सद्भावको खाचो रहेको समितिले औल्याएको छ । ‘सेनाले थारु भाषामा प्रचा छापेर आफूहरु जनताको सुरक्षाको लागि आएको बताएपनि सर्बसाधारण आतंकित छन’ संयोजक श्रेष्ठले भने ।
घटनाको समयमा थरुहट कार्यकर्ताले बर्दिया देखी कञ्चनपुर सम्मवाट थारु कार्यकर्ता ओसारोको समितिले बताएको छ । थारुहट र अखण्ड सुदुरपश्चिम मागगर्ने समूहबीच २०६९ सालदेखी नै विबाद बढेको समितिको ठहर छ । समितिको आगामी बैठकमा लिखित प्रतिवेदन आउने समिति सभापति सुशील श्रेष्ठले बताए । उपसमितिमा प्यारेलाल राना थारु, लगायत सदस्य थिए ।