Live Streaming

​घाइते भएका नेपाल प्रहरीका हवल्दारको मृत्यु

दाङ,१८ भदौ । बर्दियाको मैनापोखरमा आज बिहान थरुहट पक्षधर प्रर्दशनकारीको आक्रमणमा गम्भिर घाइते भएका नेपाल प्रहरीका एक हबल्दारको मृत्यु भएको छ । घुँडामा गहिरो चोट लागेका हवल्दार देबबहादुर पाण्डेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पु¥याइए पनि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले राजमार्गमा बिहान साढे ९ बजेतिर २ वटा रात्रीबस नियन्त्रणमा लिएपछि प्रहरीले छुटाउनेक्रममा तनाव भएको थियो । लगत्तै उनीहरुले मैनापोखर प्रहरी चौकीमा आक्रमण गरेका थिए । आक्रमणकारीलाई नियन्त्रणमा लिने क्रममा हवल्दार पाण्डे घाइते हुनुभएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत हानेको र अहिले सो क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 


उता रौतहटको गौरमा हतियारधारी अज्ञात समुहले ४ बटा सबारी साधनमा आगजनी गरेका छन् । त्यस्तै सप्तरीमा पनि प्रहरीले एस्कर्टिङ गरी ल्याउदै गरेको एउटा बसमा आन्दोलनकारीले आगो लगाएका छन् । गएराती प्रहरीको एस्कर्टिकमा आउदै गरेको ना ४ ख ४२६६ नम्बरको बसमा पेट्रोल छर्केर उनीहरुले आगजनी गरेका हुन् । यता सिरहाको मिर्चैयामा प्रर्दशनकारीहरु उत्तेजित रुपमा प्रस्तुत भएपछि स्थानिय प्रशासनले सुरक्षा सर्तकता बढाएको छ । त्यहाँ १ हजार भन्दा बढि सुरक्षाकर्मि परिचालन गरिएका छन् ।