Live Streaming

​ ग्वाटेमालाका पूर्व राष्ट्रपति जेल

एजेन्सी,१८ भदौ । ग्वाटेमालाका पूर्व राष्ट्रपति ओट्टो पेरेज मोलिनालाई उहाँविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाईका क्रममा जेलमा राख्न त्यहाँको अदालतले आदेश दिएको छ । एउटा ठूलो घुस प्रकरणमा संलग्नताको अभियोगमा मोलिनाबिरुद्ध अदालतमा मुद्दा चलिरेहेको छ ।

पूर्व राष्ट्रप्रमुखविरुद्ध अभियोग नलाग्ने गरी प्राप्त उन्मुक्तिलाई ग्वाटेमालाको संसद्ले ३ दिनअघि उल्ट्याइदिएपछि उहांबिरुद्ध अभियोग चलाउने बाटो खुलेको हो । मोलिनाले भने आफूले कुनै गलत काम नगरेको दावी गर्दै आउनुभएको छ । ग्वाटेमालामा नयाँ राष्ट्रपति चयनका लागि पर्सी आइतबार निर्वाचन हुँदैछ ।