क्यामरुनमा बिष्फोटमा परी १९ जनाको मृत्यु
एजेन्सी,१८ भदौ । क्यामरुनमा भएका छुट्टाछुट्टै बिष्फोटमा कम्तीमा १९ जना मारिएका छन् । सो बिष्फोटमा परि १ सय ५० भन्दा बढि घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तरी क्यामरुनको केरावामा सेनाको क्याम्प नजिक पहिलो बिष्फोट भएको केहि समयमै बिच बजामा अर्को बिष्फोट भएको थियो ।
स्थानिय प्रहरीले बिष्फोटमा ३० भन्दा बढि मारिएको बताएपनि त्यसको स्बतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । सो बिष्फोट एक आत्माघाती महिलाले गराएको अधिकारीहरुले जनाएका छन् । आक्रमणको जिम्मा कुनै समुहले नलिए पनि ईस्लामिक चरमपन्थी समुह बोको हरामले गराएको हुन सक्ने आशंका गरिएको छ । बोको हराम बिद्रोहिले पछिल्लो समय क्यामरुनमा आफ्नो गतिबिधि बढाउदै लगेको छ ।