Live Streaming

तराईको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं,१८ भदौ । प्रदेश सिमाङकनको विरोधमा विगत ३ सातादेखि जारी आन्दोलनका कारण तराईका जिल्लाहरुको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । लगातारको बन्दका बन्दका कारण ती जिल्लाहरुमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीहरुको अभाव देखिएको छ । लगातारको बन्द र कफ्र्यको मारमा परेको रौतहटको जनजीवन आज भने केहि समान्य बनेको हाम्रा रौतहट सहकर्मी फणि महतले जनाएका छन् । रौतहटको सदरमुकाम गौरलगायत आन्दोनल प्रभावित स्थानमा घोषणा  गरिएको दगांग्रस्त क्षेत्र भने यथावत राखिएको छ ।  पसल र बजार बन्द हँुंदा त्यहाँ पनि अत्याबश्यक सामाग्रीको अभाब सुरु भएको छ

। 
हिजो साँझ प्रहरी र आन्दोलनकारीबिचको झडपले तनावग्रस्त बनेको बिराटनगर आज बिहान भने शान्त छ । अन्य स्थानहरुमा फाट्ट फुट्ट सवारी र बजार खुल्ला भएपनि महावीर चोक र रोडशेष चोक भने पूर्णरुपमा ठप्प रहेको सहकर्मी किशोर बुढाथोकीले जनाएका छन् । त्यहाँ सुरक्षाकर्मीको उपस्थिती बाक्लो पारिएको छ । त्यस्तै जनकपुरको जनजीवन भने अन्य दिनहरुको तुलनामा आज केही सामान्य बनेको छ । हिजो त्यहाँंं दिनभरजसो झडप भएको थियो ।

राती देखिनै लगातार वर्षा भएपछि प्रर्दशनकारीले आज प्रर्दशनको कुनै तयारी नगरेको सहकर्मी मोनिका झाले बताएकी छन् । उता वीरगञ्जमा र्कफ्यु आज पनि जारी छ । प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको वीरगञ्जमा फेरी उग्र प्रर्दशन हुने आशंकामा सुरक्षा तैनाथी बढाइएको छ । कैलालीमा भने कर्फयु केही खुकुलो भएपछि त्यहाँंको दैनिकी केही सहज बनेको छ । यसैबीच रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा अज्ञात समुहले गएराति चारवटा सवारी साधनमा आगजनी गरेका छन् 

उता संघीय लिम्बुवान पार्टी नेपालले आजबाट अनिश्चितकालिन पूर्व बन्द आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले अनिश्चतकालिन पूर्व बन्द आह्वान गरेको हो । बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, ते¥हथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्ला प्रभावित भएका छन् ।