फेरी ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का
अन्नपूर्ण
काठमाडौँ,१७ भदौ आज । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । बिहान ५: १० बजे ४.३ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको चार महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन ।भूकम्पपछि चार रिक्टरमाथिका ३८६ परकम्प गइसकेका भूकम्प मापन केन्द्रले जनाएको छ ।