बाबुआमाको मृत्यु पछि दुई बालक अलपत्र
छेटु शेर्पा
संखुवासभा,१७ भदौ । बाबु आमाको मृत्यू पछि संखुवासभाको मत्यस्पोखरीमा दुई बालक अलपत्र परेका छन् । खोटाङ घर बताउँंदै मजदुरी गर्न आएका दावा शेर्पा र उनकी पत्नी दादिकी शेर्पाको मृत्यु पछि ११ वर्षीय निरमान र ६ वर्षीय सोनाम अलपत्र परेका छन् ।
बुबाको गत वर्ष जंगली च्याउ खाएर मृत्यु भएको थियो भने आमाको टिभी रोगले यही भदौ १५ गते खाँदबारी अस्पतालमा मृत्यु भयो । दम्पत्तिको मृत्यु भएपछि नाबालक छोराहरुको अलपत्र भएको भन्दै मत्स्यपोखरी–५ कप्दानेका स्थानीय पासाङ शेर्पाले जीवन रक्षा र पालनपोषणका लागि आग्रह गर्नु भएको छ । उहाँले भने, औषधी उपचार र दाहसंस्कार स्थानीयले रकम संकलन गरी गरे तर बच्चाको भने कन्ति बिजोग भएको छ ।
नत आमाबाबुको नागरिकता, नत जन्मदर्ता नै कुनै कागजात नभए पछि थप समस्यामा परेका छन् । बच्चा अलपत्र परेको जानकारी गराउँंदा बालअधिकृत सुमन अधिकारीले भने जन्मदर्ता र मृत्यु दर्ता चाहिने भन्दै पन्छिन खोजेका छन् । अलपत्र बच्चाको उद्धारका लागि सबैले सहयोग गर्नु पर्ने भएको छ । नाबालक ६ वर्षीय सोनाम मागेर खान समेत सक्दैनन ।
बुबा दावा र उनका दम्पत्ति खोटाङ घर बताउँंदै ९ वर्ष यतादेखि मजदुरी गर्दै हिड्ने गरेको स्थानीयहरुले बताएका छन् । मत्यस्पोखरी–५ का वाङदी शेर्पाले बच्चालाई तत्काल खान दिएर राखेको छु उनलाई सहयोगको खाँचो छ सबैले सहयोग गर्न माग गर्नुभयो ।