गौरा पर्व सुरु
काठमाडौं,१७ भदौ । नेपालको सुदूरपश्चिमबासिले विशेष महत्वका साथ मनाउने गौरा पर्व आजदेखि सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
आजका दिन महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ’बिरुडा’ भन्ने गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो चढाउने गर्छन् ।