टीकापुर घटना छानविन समितिले आजबाट काम सुरु गर्दै
काठमाडौं,१७ भदौ । कैलालीमा गत साता भएको हिंसात्मक घटना छानबिन गर्न सरकारले गठन गरेको समितिले आजबाट काम थाल्दैछ । हिजो धनगढी पुगेका छानबिन समितिका अध्यक्ष राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मासहित सदस्यहरु स्थलगत अध्ययनका लागि आज बिहान टिकापुर जादैछन् ।
समितिका सदस्य सशस्त्र प्रहरीका एआइजी जीवन थापाले टिकापुर घटनाभएको स्थल निरिक्षण गरी पीडित, राजनीतिक दलका अगुवा, स्थानिय बुद्धिजीवी, सञ्चारकर्मी लगायतसंग आजै छलफल थालिने बताउनुभयो । समितिका सदस्यहरु केहीदिन टिकापुरमै बसेर विस्तृत अध्ययन गर्ने योजनामा छन् । गत भदौ ७ गते थारु समुदायले टिकापुरमा गरेको प्रदर्शनका क्रममा भएको आक्रमणमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नावालकको मृत्यु भएको थियो ।