तराईका जिल्लामा सुरक्षा व्यवस्था कडा
काठमाडौं,१७ भदौ । मधेशकेन्द्रित दलहरुको आन्दोलन उग्र बन्दै गएपछि मध्य तराईका जिल्लामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । हिजो अबेरसम्म अशान्त बनेको धनुषाको जनकपुरमा निषेधाज्ञा जारी छ भने भने पर्साको वीरगञ्जमा पनि कफर््यु जारी छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएको बाराको कलैयालगायत राजमार्ग क्षेत्रमा भने आज बिहान ७ बजेदेखि कफर्््यु हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
धनुषाको जनकपुरस्थित अञ्चल प्रहरी कार्यलयमा मधेशकेन्द्रित दलका कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि गएराती ९ बजेसम्म अवस्था तनावग्रस्त बनेको थियो । प्रहरी कार्यलयमा आक्रमणका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो । झडपपछि प्रहरीले वरपरका घरभित्रै छिरेर लाठी प्रहार गरेको हाम्रा सहकर्मी मोनिका झाले जानकारी दिनुभयो ।
झडपपछि स्थितीलाई सामान्य बनाउन बनाउन भन्दै जनकपुरका विभिन्न स्थानमा प्रहरीको बाक्लो उपस्थिती गराइएको थियो । संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाले तिनसाता याता जारी राखको अनिश्चितकालित बन्दका कारण तराइका जिल्लाको जनजीवभन प्रभावित हुदै आएको छ ।