आङकाजी शेर्पा बौद्धबाट पक्राउ
काठमाडौं,१६ भदौ । सामाजिक सञ्जाल फेसबुकमा जातीय सद्भाव विग्रिने र हिंसा भड्काउने खालका पोष्टहरु गरेको भन्दै आदिवासी जनजाति महांघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । हाल संघीय समाजवादी फोरममा आवद्ध शेर्पालाई प्रहरीले आज दिउँसो राजधानीको बौद्धबाट पक्राउ गरेको हो ।
उछृंखल अभिव्यक्ति दिँदै हिंडेकाले शेर्पालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख क्क्ए एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो । शेर्पामाथि प्रहरीले पछिल्लो केहीसमययता निगरानी गरिरहेको थियो ।