वातावरण बने मधेसी दलहरु वार्तामा आउन तयार
काठमाडौं,१६ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्वद्ध दलका नेताहरुले सरकारले वातावरण बनाए वार्ताका लागि तयार रहेको बताएका छन् । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले यसअघि मधेस आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्दै, जारी आन्दोलनमा दमन रोकेको खण्डमा आजै पनि वार्ता हुन सक्ने बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शान्तिपूर्ण आन्दोलनमा सरकारी दमन बढेको भन्दै आफूहरुको आन्दोलनबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने भएको छ । तराईका जिल्लाहरुमा आफूहरुले गरेको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै पत्रकार सम्मेलनमार्फत अन्तराष्ट्रिय जगतलाई ध्यानाकर्षण गर्न लागिएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले जानकारी दिनुभयो । यसअघि सरकारले पनि आन्दोलन, संविधान निर्माणको विषय, प्रोटोकलबारे कुटनीतिज्ञ तथा अन्र्तराष्ट्रिय जगतलाई जानकारी गराएको थियो ।