Live Streaming

युक्रेनमा पाँंचजना प्रदर्शनकारीको मृत्यु

काठमाडौं,१५ भदौ । युक्रेनमा सरकार विरोधी प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको छ । राजधानी केभस्थित संसद भवन बाहिर भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुदा ५ को मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुससँग जोडिएको क्षेत्रलाई बढि स्वायत्तता दिने बिषयमा संसदमा छलफल चलीरहेका बेला सरकार विरोधी प्रदर्शन भएको थियो ।

रुसलाई अधिक स्वायत्तता दिने सम्बन्धी विधेयकको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका ह्न । प्रदर्शनकारीहरु संसद भवनमा छिर्ने प्रयास गरेपछि हस्तक्षेप गरेको युक्रेनी प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । संसदमा चर्को छलफलपछि ४ सय ५० सांसद मध्ये २ सय ६५ जनाले सो विधेयकमा  समर्थन जनाएका छन् । रुसलाई अधिक स्वायत्तता दिदा रुसका लागि आफ्नो सिमा खुला गरे सरह हुने युक्रेनी जनताको ठहर छ ।