Live Streaming

विरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँंदा पाँंचजना घाइते

पर्सा,१५ भदौ । पर्साको विरगञ्जमा स्थानीय प्रसाशनले लगाएको कफर््युका बाबजुद पनि प्रदर्शन भएपछि स्थिती तनावग्रस्त बनेको छ । विहानैदेखि प्रर्दशनकारी र प्रहरीबीच भएको झडपका कारण जनजीवन त्रसित बनेको छ । कफ्र्यु उल्लंघन गर्दै सडकमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले हिंसात्मक प्रदर्शनमा उत्रिएका छन । आन्दोलनका क्रममा  नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा गोली चल्दा ३ जना घाइते भएका छन ।

घाइते हुनेमा प्रहरी जवान नरेन्द्र चौधरी, अस्पतालका सहयोगी विनोद महतो र आइतबरिया देवी छन । उनिहरुको खुट्टामा रबरको गोली लागेको छ । चौधरी अस्पतालमा खटिएका प्रहरी हुन भने आइतबरिया अस्पतालमा उपचार गराउन पुगेकी विरामी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यसअघि विहान कफ्र्युको उल्लंघन गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर १० बर्षिय दिपेश पटेल र सन्दीप पटेल घाइते भएका छन । प्रदर्शनकारीले प्रहरी चौकि एबं सीमा क्षेत्रमा रहेको प्रहरी पोष्टमा समेत तोडफोड र आगजनी गरेका छन । यसअघि हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन । मधेशकेन्द्रित दलहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रशासनले हिजो अपरान्ह ४ बजेदेखि कर्फ्यु लगाएको हो । कफर््युको उल्लंघन गर्दै आन्दोलनकारी विहानैदेखि वीरगञ्जको गण्डक चोक, लक्ष्मणवा चोक लगायतका स्थानमा ढुंगामुढा सहित प्रदर्शनमा उत्रिएका छन । 


मधेशकेन्द्रित दलका कार्यकर्ता र प्रहरीबिच आज महोत्तरीमा पनि झडप भएको छ । जलेश्वरस्थित कंग्रेस पार्टी कार्यलयमा तोडफोड गर्न पुगेका आन्दोलनकारीहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीसँग झडप भएको हो । उनीहरुले कांग्रेस कार्यलयका कागजात नियन्त्रणमा लिनुका साथै झ्याल तथा ढोकामा क्षति पु¥याएका छन् । सो क्रममा प्रहरीसँग झडप भएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी प्रहार गरेको थियो । झडपका कारण अहिले महोत्तरीको जलेश्वर तनावग्रस्त बनेको छ । मोर्चामा आवद्ध दलका कार्यकर्ताहरुले दिनहुँजसो सवारी साधनमा तोडफोड तथा आगजनी गर्नुका साथै सरकारी कार्यलयमा पनि आक्रमण गर्दै आएका छन् । 


यसैबीच मगरात स्वायत्त राज्यको माग गर्दै आज पनि मगर बाहुल्य जिल्ला बन्द छन । बन्दले  लुम्बिनी, राप्ती, धौलागिरी र गण्डकी अञ्चलको जनजिबन प्रभाबित बनेको छ । बन्दको असर स्याङजा, पाल्पा, लमजुङ, कास्की, गोरखा, म्याग्दी, पर्बत, रुकुम, रोल्पा, प्युठान, दाङ र डोल्पामा समेत परेको छ । यतायात, शैक्षिक संस्था र बजार ठप्प छन् । उता लिम्बुवान राज्यको माग गर्दै संघिय लिम्बुबान पार्टिले आब्हान गरेको बन्दका कारण अरुण पुर्बका ९ जिल्लाको जनजिबन प्रभाबित बनेको छ । बन्दका कारण आज बिहानै देखि यतायात बजार तथा शैक्षिक संस्था बन्द छन् । 


उता कैलालीमा टिकापुर सहित दुई नगरपालिका र १० गाविसका भने बिहान ३ घन्टाका लागि खुला गरिएको कर्फ्यु फेरी लगाइएको छ । जनजीवन सहज बनाउका लागि प्रशासनले बिहान ७ बजेदेखि १० बजेसम्म कर्फ्यु खुलाएपनि १० बजेपछि  भने कर्फ्यु यथावत नै रहेको प्रशासनलाई उदृत गर्दे सहकर्मी शीवराज भट्टले जनाएका छन् । धनगढीमा भने प्रशासनले कर्फ्युको समय घटाउदै लगेको छ । प्रशासनले कर्प्mयुको समय घटाएर बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म जारी गरेको छ भने बाँकी समयमा निषेधाज्ञा जारी रहेको जनाएको छ ।