Live Streaming

​खेतमा बुबालाई पानी दिन गएकी कौशिल्याको सर्पले टोकेर मृत्यु

मनोहरकुमार
राजविराज, १४ भदौ । खेतमा काम गरिरहेका बुबालाई पानी पु¥याउन गएकी एक बालिकालाई सोमबार दिउँसो गोमन सर्पले डस्दा मृत्यु भएको छ । सप्तरीको रम्पुरा मल्हनिया ९ का रामनारायण यादवकी छोरी १६ वर्षीया कैशिल्या कुमारीको उपचारका क्रममा राजविराजस्थित अञ्चल अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको हो । तरकारी खेतमा काम गरिरहेका बुबालाई पानी लिएर गएकी किशोरीलाई खेतको आलीमा रहेको गोमन सर्पले डसेको थियो ।