Live Streaming

ऐतिहासिक मल्लाज दरबारमा रिसोर्ट संचालन

माया अधिकारी


पर्वत,१४भदौ। जिल्लाको ऐतिहासिक महत्व बोकेको दरबारमा होटल संचालन भएको छ ।  उत्तरी पर्वतको माझफाँट–३ मल्लाजस्थित कर्णेल दरबारमा द हेरिटेज एट मल्लाज रिर्सोट सञ्चालन भएको हो । झडंै १  सय १० वर्ष पहिले निर्माण भएको उक्त दरबार मर्मतपछि रिसोर्ट संचालनमा आएको हो । आफ्ना जिजूहजुरबा तेजबहादुर मल्लले निर्माण गरेको जीर्ण दरबारलाई उनका पनाती मुकुन्द मल्लले पुनर्निर्माण गरि रिसोर्ट संचालन गरेका हुन् ।

मर्मतको अभावमा जीर्ण बनेको ऐतिहासिक महत्व बोकेको दरबारलाई प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्धेश्यले अत्याधुनिक सेवा सुविधा सहित रिसोर्ट संचालनमा ल्याएको उनले बताए । ‘सहरको कोलाहलबाट अलि टाढा पुग्न चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि रिर्सोट सञ्चालनमा ल्याएको हुँ’ सञ्चालक मल्लले भने ‘गाउँमै शान्त वातावरणमा रमाउने र प्राङ्गारिक खाद्ययान्न खोज्ने पर्यटकहरु हाम्रा पाहुना हुन ।’  

म्यादीको सदरमुकाम संगै जोडिएको वारीबेनी बजारबाट ३ किलोमिटर टाढा मल्लाज गाउँमा २२ रोपनी क्षेत्रफलमा फैलिएको तीनतले दरबारमा रिर्सोट सञ्चालन गरिएको हो । पुरानो दरबारका संरचनालाई स्तरोन्नती गरि सात वटा कोठा तथा  आठ वटा टेन्ट निर्माण गरिएको छ । तीनतले दरबारभित्र रहेका १२ कोठामध्ये सात कोठामा २४ जना वस्न मिल्ने क्षमता रहेको छ । करिब ७५ लाखको लागत रहेको रिसोर्टभित्र मल्लाज दरबारको परिचय र इतिहासलाई झल्काउने सामाग्री राखिएको छ । दरबारबाट राम्चेको नाँगी, घोडेपानीलगायत क्षेत्रमा पदयात्रामा लैजाने योजना समेत बनाइएको छ । 

गाउँसम्म कच्ची मोटरबाटो बनेको छ । कच्चीबाटोमा हिउँदमा सवारी साधनहरुमार्फत सकिन्छ भने वर्षायाममा वारीबेनी बजारबाट  करिब एक घन्टाको पैदलयात्रापछि पनि पुग्न सकिन्छ ।  पोखरामा आउने पर्यटक तथा मुस्ताङ्ग जाने पर्यटक तान्ने योजना पनि रिर्सोट सञ्चालक मल्लको छ । उनले पर्वतको कुस्मा, बागलुङ्ग र बेनीका आन्तरिक पर्यटकहरुलाई  समेत बिदा मनाउने स्थानको रुपमा रिर्सोट परिणत गराउने योजना बनाएको बताए । ‘रिर्सोटमा पोखरामा घुमफिर गरेपछि नयाँ गन्तब्य खोज्ने पर्यटक पनि रिर्सोट सम्म आउनेछन’ उनले रिर्सोटमा पर्यटक भित्र्याउनका लागि काठमाण्डौ र पोखराका ट्राभल एजेन्सी संग समेत समन्वय भएको जानकारी दिए । ‘भूकम्प पछि सबैतिर पर्यटकको कमि भएकाले बाह्य  पर्यटक तान्ने योजना सफल भैसकेको छैन’ उनले भने ‘बिस्तारै आन्तरिक र बाह्य पर्यटकको भिड लाग्नेछ ।’ 

रिसोर्ट सञ्चालनमा आएपछि काठमाडौँस्थित अमरावती नामक संस्थाबाट नौ जना फ्रान्सेलीसहित अन्य देशका १२ पर्यटक आइपुगेका छन् । उनीहरु दोहो¥याएर आउन चाहेकाले पर्यटकको आर्कषण बढ्नेमा उहाँ ढुक्क छन् । विसं १९६२ मा भक्तपुरका ज्यामी ल्याएर दरबार बनाइएको थियो । दरबारमा परम्परागत नाचगानका सामग्री, विभिन्न ऐतिहासिक नेपाली, हिन्दी, अङ्ग्रेजी, नेवारी भाषाका पुस्तकहरु, घरेलु बन्दुक, गाउभरिका जनतालाई खाना पकाउन मिल्ने तामाका ताउलालगायत सामग्री द्वन्द्वकालीन अवस्थामा हराएका थिए ।

यसैबिच उक्त रिर्सोट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकलाई लक्षित गरि सहुलियत प्याकेज घोषणा गरिएको छ । अक्टोबर मसान्त सम्मका लागि घोषणा गरिएको प्याकेजमा प्रतिब्यक्ति २  हजार  रुपैयामा एक  दिन खाने र बस्ने सुबिधा दिइएको छ । उक्त सुबिधामा ब्रेकफास्ट, लन्च तथा डिनर रिर्सोटले उपलब्ध गराउने छ । १० बर्ष भन्दा कम उमेरका बच्चाहरुलाई भने आवासको छुट समेत दिइएको सञ्चालक मुकुन्दबहादुर मल्लले बताए । 

ग्रामीण क्षेत्रमा अवस्थित भएपनि पाहुँनाहरुका लागि फ्रि वाईफाई सेवा, प्रदुषणसहित बातावरण, अर्गानिक खानाका परिकारहरु उपलव्ध गराइने भएको छ । त्यसैगरी पर्यटकहरुका लागि साईकिलिङ, हाइकिङ्ग, ग्रामीण जनजजीवनबारे अध्ययन अनुसन्धान, बनभोज, भलिबल, व्याडमिन्टन खेल जस्ता सुविधाहरु पनि उपलव्ध रहेको संचालक मल्लले जानकारी दिए ।