वीरगन्जमा अनिश्चितकालीन कफ्र्यु
क्रान्ति शाह
वीगन्ज, १४ भदौं । वीरगन्जमा स्थानीय प्रशासनले सोमबार अपरान्ह चार बजेदेखि कर्फु लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले अपरान्ह चार बजे देखि वीरगन्ज उपमहानगपालिका क्षेृत्रमा कर्फु लगाएको हो । सोमबार अपरान्ह चार बजे देखि अर्को आदेश नभए सम्मका लागि कर्फु लगाइएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । यसैबिच वीरगन्जमा सोमवार दिउँसो प्रहरी र आन्दोलनकारी बिच भएको झडपमाप्रहरीले चलाएको गोली लागेर कम्तीमा ६ जना प्रदर्शनकारी घाइते भएका छन् ।
झडपमा चार जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरी र सशस्त्र गरि चार जना सुरक्षाकर्मी पनि घाइते भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । नगवा स्थित बाइपास सडकमा दिउँसो भएको झडपमा प्रहरीले एक दर्जन भन्दा बढि हवाइ फायर ,४० राउण्ड भन्दा बढि रबरको गोली र तीन दर्जन भन्दा बढि अश्रु ग्याँस प्रहार
गरेकाृे छ । प्रहरीले चलाएकाृ रबरको गोली लागेर कृष्ण पटेल , अनवर हवारी , इरफान अन्सारी, मुन्ना यादव , सुनिल साह र रामजी तुराहा घाइते भएका हुन् । उनिहरुको वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते् मध्ये कष्ण र मुन्नाको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
नगवा , नयाँबस पार्क लिंकरोड र घण्टाघर चोकमा अहिले पनि प्रहरी र प्रदर्शनकारी र प्रहरी बिच झडप जारी रहेको छ । झडपका कारण तनावग्रस्त बनेको स्थितीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ घिमिरेले अन्नपुर्णपोष्टलाइ बताए । नगवा स्थित बाइपासमा मधेशी दलहरुले अवरुद्ध पारेको सडकमा खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीहरु बिच झडप भएको हो । सडक खुलाउन गएका प्रहरी माथि मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गर्न थाले प्रहरीले हवाइ फायर , रबरको गोली र अश्रुग्याँस प्रहार गरेको प्रजिअ घिमिरेले बताए ।
आइतवार राति मधेशी दलका कार्यकर्ताले निषेधित क्षेृत्र घाृेषित नगवा स्थित बाइपासमा प्रदर्शन गर्दै प्रहरी माथि ढुंगामुढा गरेपछि प्रहरीले नगवा गाँउमै प्रवेश गरी सर्वसाधारण समेतलाई कुटपिट गरेको थियो । त्यसैको विरोधमा आन्दोलनकारी र नगवावासीले सोमबार बिहानै देखि बाइपास सडकमा ढुंगा, ह्युम पाइप , बाँस राखेर सडक अवरुद्ध पारेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए
। प्रदर्शनकारीले बाइपास सडक छेउमा रोकेर राखिएको ना ४ ख २५ नम्बरको ट्रकमा तोडफोड पनि गरेका छन् । संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ताहरुले वीरगन्जको विर्तामा स्थित स्वागतद्वारमा आगजनी गरेका छन् ।