Live Streaming

नापी कार्यालयमा आगजनी

मनोहरकुमार
राजविराज, १४ भदौ । राजविराज ८ स्थित १ नं. नापी टोली शाखा कार्यालयमा प्रदर्शनकारीहरुले सोमबार दिउँसो आगजनी गरेका छन् ।    अनिश्चितकालिन बन्द हड्ताल आह्वान गर्दै सरकारी कार्यालयसमेत बन्द गराएका मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरुले कार्यालयको साइन बोर्ड र दुईवटा काठको कुर्सी जलाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नाराजुलुससहित आएका प्रदर्शनकारीहरुले कार्यालयको साइन बोर्ड र कुर्सीहरु कार्यालय बाहिर सडकमा ल्याई जलाएको प्रत्यक्षदर्शीले बताए । सिमाङ्कनको विरोधमा आन्दोलनरत प्रदर्शनकारीहरुले भदौ १४ गते राजविराजको मुख्य सडकहरुमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । विगत १७ दिनदेखि जिल्लाको शैक्षिक संस्था, सरकारी कार्यालय, बैंक, वित्तिय संस्था, उद्योग कलकारखाना, बजार पसल बन्द हुँदा जनजिवन अत्यन्त कष्टकर बनेको छ ।