जिविस कार्यालयको भवनमा आगजनी
फणि महत
रौतहट १४ भदौ । जिल्ला विकाश समिती रौतहटको पुरानो भवनको कोठामा सोमबार बिहान आगजनी भएको छ ।सयुंक्त लोकतान्त्रीक मधेशी मोर्चाले गरेको बन्दको १६ औं दिनमा जिल्ला विकास समिति रौतहटको पुरानो भवनमा आगजनी भएको हो । नजिकै रहेको जिल्ला प्रशासन कार्यालयको भवन निमार्णको क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालयले जिविस भवनको कोठामा कागजपत्र भण्डारण गरी राखेको थियो ।
आगो लागे पछि सुरक्षाकर्मीले वारुणयन्त्रको सहयोगमा आगो निभाइएका छन् । आगलागी हुँंदा कोठामा राखिएको जिल्ला प्रशासन कार्यालयका फाईल तथा विभिन्न कागजपत्रका साथै फर्निचरहरु जलेर नष्ट भएको छ । आगो कसले लगायो भन्ने प्रष्ट नभए पनि मोर्चा कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
सो कोठामा धेरै वर्ष अघिका कागजात र केही पुराना फर्निचर रहेको बताउदै आगजनीबाट भण्डारण गरेर राखिएका पुराना कागजात जलेर नष्ट भएको रौतहट प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिएका छन् ।