कैलाली बन्दले अछाममा उपभोग्यको वस्तुको अभाव
शिवराज खत्री
अछाम, १४ भदौ । कैलालीमा लामो समयदेखिको बन्दको मार पहाडी जिल्ला अछामका विभिन्न क्षेत्रमा पर्न थालेको छ । कहिले हिन्दु राज्य, कहिले थरुहट र कहिले अखण्ड सुदूरपश्चिम पक्षहरुले गर्ने कैलाली बन्दको प्रत्यक्ष मार दैनिक उपभोग्य बस्तुका साथै अछामको समग्र व्यापार व्यबसायमा परेको छ ।
दैनिक उपभोग्य बस्तुका, निर्माण सामाग्री, लुगाकपडा लगायत वस्तु अछाम भित्रीने एक मात्र जिल्ला कैलाली बन्द हुँदा ति बस्तुको अभाव सृजना हुन थालेको मंगलसैनका व्यापारी देवराज उपाध्यायले बताउनुभयो । हाल सम्म जम्मा रहेको बस्तु सकिन थालेको र नयाँ बस्तु आउने क्रम रोकिएकाले उक्त अभाव सृजना हुन थालेको उहाँले बताउनुभयो ।
कैलाली बन्द अझैँ केहि दिन लम्बियो भने समाग्रीको अभावनै सृजना हुने व्यापारीहरु बताउछन् । हिन्दु नारीको महान चाड तिज नजिदैलाग्दा सम्म पनि बन्दका कारणले नयाँ लुगाकपडा ल्याउन नपाएकोमा व्यापारिहरु चिन्ति बनेका छन् ।
बन्दकै कारणले कैलाली लगायत देशका बिभिन्न भागमा जानेहरु जिल्लामै रोकिएका छन् भने असार मसान्त सकेर घरतर्फ लागेका अधिकांश सरकारी कर्मचारी पनि कार्यक्षेत्रमा फर्किन पाएका छैनन् । जसले गर्दा कार्यालयको कामकाज प्रभावित बनेको छ ।
टीकापुरमा पछिल्लो समय १ बालक सहित ९ प्रहरीको ज्यान जाने गरी भएको हिंसापछि अछामका अधिकांश मानिसमा त्रास फैलिएको छ । अधिकांशजसो अछामीहरुको बसोबास रहेको टीकापुरमा थरुहटबाट भएको उक्त घट्नापछि अझैँ जातीय दंगा फैलिनेहेकी भन्नेमा अछामीहरुको चिन्ता बढेको छ ।