Live Streaming

​खेल्न गएका बालक मृत अवस्थामा फेला परे

किशोरा बुढाथोकी
विराटनगर, १४ भदौ । मोरङको कटहरी ६ का प्रमोद सहनीका ८ वर्षीय छोरा फुदन सहनी आज बिहान घर नजिकै मृत्त फेला परेका छन् । खेल्नका लागि घरबाट हिजो दिउँसो हिंडेका उनलाई खोजी गर्दा स्थानीय बासिन्दा र आफन्तले घर नजिकै रहेको ओम शान्तिको नवनिर्मित भवनमा मृत्त अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए । डीएसपी खरेलका अनुसार बालकको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।