Live Streaming

​ नयाँ रुद्राक्ष कारोवारसँगै चहलपहल बढ्यो

संखुवासभा,१४ भदौ । संखुवासभा र भोजपुरको दिङला बजारमा नयाँ रुद्राक्षको कारोबारसँगै चहलपहल बढेको छ । आम्दानीको राम्रो श्रोत मानिएको रुद्राक्ष बजारमा आउन थाले पछि होटल र बजारमा चहलपहलसँगै बैंकमा कारोबार बढेको छ । यो हप्ता मात्र खाँदबारीमा करिब २० लाखको खरिद बिक्री भएको व्यपारी काजी तामाङले बताउनुभयो ।

कारोबारसँगै संखुवासभाको बंैकहरुमा जम्मा गरेको नगद रकम निकाल्नेको संख्या ह्वात्तै बढेको छ । मुखदारभन्दा पनि कण्ठे (ठुलो दाना) को माग बढी रहेको व्यपारी उत्तम दाहालले बताउनुभयो । चीनियाँहरु किसानको बगैचासम्म बोट हेर्न पुग्न थाले पछि रुद्राक्षको मुल्य गत वर्षको तुलनामा कम भएको दाहालले बताउनुभयो । गत वर्ष मात्र ४० करोड बढीको रुद्राक्ष बिक्री भएको रुद्राक्ष किसान तथा व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताउनुभयो