आजदेखि ओपिडि सेवा बन्द
काठमाडौं,१४भदौ । डा. गोबिन्द केसीका आमरण अनसनमा समर्थन जनाउँंदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवसीय चिकित्सकहरुले आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् । सरकारले डा. केसीको माग पुरा नगरेको भन्दै आवसीय चिकित्सकहरु ओपिडि सेवा बन्द गरी रिले अनसनमा बस्ने भएका हुन् ।
अस्पतालमा ओपिडि सेवा बन्द हुनेभएपछि उपचारका लागि आएका बिरामी मर्कामा पर्ने भएका छन् । आकस्मिक सेवा भने खुल्ला राखिने अस्पतालका आवसीय चिकित्सकहरुको संस्था रेजिडेन्ट डाक्टर एशोसिएसनले जनाएको छ ।
साथै शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठन समेत ठप्प पारेका छन् । माथेमा कायदलले दिएको सुझाव कार्यान्वयन हुनुपर्ने, राजनीतिक भागबन्डाका आधारमा नियुक्ती बन्द गरिनुपर्ने लगायतका माग राख्दै डा. केसी छैटौँ पटक अनसनमा बस्नुभएको हो । यसैबिच एक सातादेखि अनसनमा बस्नुभएका डा केसीको स्वस्थ्य अवस्था कमजोर हुदै गएको छ । उहाको ब्लड प्रेसर कम हुदै गएको र पिसाब तथा मिर्गौलामा पनि समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।