Live Streaming

​असन्तुष्ट दलहरुलाई वार्तामा आउन प्रमको आग्रह

आन्दोलनरत पक्ष शर्त पूरा नभइ वार्तामा नबस्ने 

काठमाडौं,१४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा आउन असन्तुष्ट दल तथा समूहलाई फेरी पत्राचार गरेपनि आन्दोलनरत पक्षले भने आफ्ना शर्तहरु पुरा नभइ वार्तामा नबस्ने जनाएको छ । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माण प्रकृया र सेना परिचालन लगायतका आफुहरुको सर्त पुरा नभइ जतिपटक आग्रह गरेपनि बार्तामा नबस्ने बताउनुभायो ।

हामीसँगको कुराकानीमा अध्यक्ष यादवले संविधान निर्माण प्रकृयामानै आफुहरुको फरक मत रहेपनि चार दलले त्यसलाई नरोक्ने बताएपछि बार्तामा बस्नुको औचित्य नभएको बताउनुभएको हो । प्रधानमन्त्री कोइरालाले आन्दोलनरत मधेसी दल र थारू कल्याणकारी सभा तथा थरुहट–थारुवान संयुक्त संघर्ष समितिलाई वार्तामा आउन हिजो राती फेरी पत्राचार गर्नुभएको हो ।

पत्रमा परिस्थितिलाई सामान्य बनाउन र संवादको माध्यमबाट समस्या समाधान गर्न आन्दानेलनरत पक्षको परिपक्व र सुझबुझपूर्ण नेतृत्वले ठूलो मद्दत पु¥याउने प्रधानमन्त्रीको पत्रमा उल्लेख गरिएको छ । शान्तिपूर्ण छलफलमाथि विश्वास गरेर वार्तामा आउन एकपटक आफुले फेरी अनुरोध गरेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । यसअघि पनि चार दलका तर्फबाट प्रधानमन्त्री कोइरालाले १२ भदौ भित्र वार्तामा आउन आग्रह गर्दै असन्तुष्ट पक्षलाई भदौ १० मा पत्र पठाउनुभएको थियो ।

असन्तुष्ट दलले वार्तामा बस्नुअघि संविधान निर्माण प्रक्रिया स्थगित गर्नुपर्ने, दंगाग्रस्त ठाउँमा खटिएको नेपाली सेना फिर्ता बोलाउनुपर्ने सर्तसहितको जवाफी पत्र पठाएका थिए । आइतबार बसेको चार दलको बैठकले यसअघि छुट्याएको समयमा आन्दोलनरत दलसँग वार्ता र संवाद प्रभावकारी हुन नसकेको भन्दै पुनः वार्ताका अपिल गर्ने निर्णय गरेको थियो ।