तराईका जिल्ला बन्दको मार
काठमाडौं,१४ भदौ । मगरात राज्यको माग गर्दै मगर समुदायले आब्हान गरेको बन्दका कारण मगर बाहुल्य पश्चिमका १८ जिल्लाको जनजीवन प्रभावित बनेको छ । थारु समुदायले थरुहटको माग गर्दै आन्दोलन चर्काइरहेको बेला मगरात राज्यको माग गर्दै आब्हान गरिएको बन्दले लुम्बिनी, राप्ती, धौलागिरी र गण्डकी अञ्चलको जनजीवन प्रभावित बनेको हो । बन्दको असर स्याङजा, पाल्पा, लम्जुङ, कास्की, गोरखा, म्याग्दी, पर्बत, रुकुम, रोल्पा, प्युठान, दाङ र डोल्पामा समेत परेको छ । यतायात, शैक्षिक संस्था र बजार ठप्प छन् ।
उता लिम्बुवान राज्यको माग गर्दै संघीय लिम्बुबान पार्टिले आब्हान गरेको बन्दका कारण अरुण पुर्बका ९ जिल्लाको जनजिबन प्रभाबित बनेको छ । बन्दका कारण आज बिहानै देखि यतायात बजार तथा शैक्षिक संस्था बन्द छन् । बन्दको असर मेची र कोशिका पहाडि जिल्लाहरुमा कम परेपनि झापा, मोरङ, सुनसरी र ईलाममा बढि परेको हाम्रा सहकर्र्मीहरुले जनाएका छन् ।
यस्तै एक साता देखि लगातारको कफर््युका कारण कैलालीको टीकापुरमा जनजीवन कष्टकर बनेको छ । कफ्र्युका कारण मानिसहरु बाहिर निस्कन सकेका छैनन् भने अत्याबसकिय खाद्य वस्तुको अभाव छ । बैंक तथा वित्तिय संस्था पनि ठप्प रहेकाले वित्तिय कारोबार हुन सकेको छैन । कफ्र्यु खुकुलो बनाउन माग भइरहेपनि प्रशासनले अझै सुरक्षा चुनौतीको आंकलन सहित कफ्र्यु जारी राखेको छ । धनगढीमा भने आजदेखि दिनको २ घन्टा कफ्र्युको समय घटाइएको छ ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कफ्र्यु लाग्दै आएकोमा अब अपरान्ह ४ बजेसम्म कायम रहने प्रशासनले जनाएको छ । गत सोमबार एसएसपीसहित ८ प्रहरी र एक बालकको हत्या हुनेगरी भएको हिंसात्मक घटनापछि कैलालीको जनजीवन अशान्त छ । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराइका अन्य जिल्लाको पनि जनजीवन कष्टकर बन्दै गएको छ ।