Live Streaming

टीकापुर घटनाका दोषीलाई कारबाही गर्छु : प्रधानमन्त्री कोइराला

धनगढी, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । गत सोमबार कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका डेढ वर्षीय बालकको परिवारसँंगको भेटघाटका क्रममा प्रधानमन्त्री कोइरालाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सो क्रममा मृतक बालकका परिवारले आफ्ना छोरालाई बालसहिद घोषणा गर्न, उचित क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । जवाफमा प्रधानमन्त्री कोइरालाले माग सम्बोधनको प्रयास गर्ने आश्वासन दिएका छन् ।