भाज भुकुम्पका दुई धक्का गए
काठमाडौं,१३ भदौ । आज बिहान भुकुम्पका दुई धक्का गएका छन् । बिहान ३: ०९ बजे धादिङ र ८:२६ बजे दोलखा केन्द्रविन्दु भएर ४.३ र ४.१ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दुई दिनअघि पनि सिन्धुपाल्चोक र गोरखा केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको थियो ।