Live Streaming

​टीकापुरको अवस्था कष्टकर बन्दै

धनगढी,१३ साउन । एक सातादेखिको लगातारको कफ्युले कैलालीको टीकापुरमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । त्यहाँ तरकारी, नुनतेल लगायत अन्य खाद्य वस्तुको अभाव छ । कफ्युका कारण मानिसहरु बाहिर निस्कन सकेका छैनन् । जनस्तरबाट दैनिकी सहज बनाउन कफ्र्यु खुकुलो बनाउन माग भइरहेपनि स्थानिय प्रशासनले अझै सुरक्षा चुनौती कायम रहेको आंकलनसहित कफ्र्यु जारी राखेको छ ।

पछिल्लोे केहीदिनयता टिकापुरमै रहेका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकका अनुसार, बाहिर चर्चा गरिएजस्तो साम्प्रदायिक सद्भाव विथोलिइसकेको स्थिती छैन, यद्यपी मानिसहरु अझै त्रस्त भने छन् । स्थिती सामान्यतर्फ लैजान स्थानिय स्तरमा विभिन्न पहलहरु भइरहेको भन्दै पाठकले स्थितीको गम्भिरतालाई बुझेर केन्द्रमा प्रमुख दलका नेताहरुले र आन्दोलनकारीका अगुवाहरुले पनि संयमित अभिब्यक्ति दिनुपर्नेमा जोड दिनुभयो । 


यसैबीच, बाहिरबाट आएर टिकापुरमा थुनिएका तथा त्यहाबाट अन्यत्र जान चाहनेहरुलाई स्थानिय प्रशासनले आज कफ्र्युकैबिच एक ठाउँमा भेला गरेर राजमार्गसम्म लगि अन्य गन्तव्यतर्फ पठाउने तयारी गरेको छ । त्यसका लागि टीकापुरका विभिन्न स्थानामा माइकिंङ्ग समेत गरिएको छ