Live Streaming

आज बेपत्ता पारिएकाहरुको दिवस

काठमाडौं,१३भदौ । बलपूर्वक बेपत्ता पारिएकाहरुको अन्तराष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै बेपत्ता भएकोहरुको सम्झना गरी मनाइँंदैछ । सन् १९८१ मा कोस्टारिकाबाट मनाउन सुरु गरिएको यो दिवस हरेक वर्ष ३० अगस्टमा विश्वभर मनाइन्छ ।

नेपालमा पनि विगतका आन्दोलनका क्रममा बेपत्ता भएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम गरीदैछ । राष्ट्रिय मानवअधिकार आयोगका अनुसार माओबादी द्धन्द्धकालमा राज्यपक्षबाट ८ सय ४२ र माओबादी पक्षबाट १ सय ५२ जना बेपत्ता पारिएका छन् । तर बेपत्ता परिवार समाजको तथ्यांक अनुसार १ हजार ९५ जना बेपत्ता भएका छन् । १० बर्षे द्धन्द्ध सकिएको १ दश बितिसक्दा पनि बेपत्ताहरुको अवस्था सार्वजानिक हुन सकेको छैन ।