डा. केसीको स्वास्थ्य बिग्रदै
काठमाडौं,११ भदौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयन माग गर्दै पाँच दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य विग्रदै गएको । डा.केसीको स्वास्थ्य निगरानी गर्दै आएका डा. राजेन्द्रराज वाग्लेले उहाँको अवस्था खस्किदै गएको बताउनुभयो ।
सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयन नहुँने प्रवृत्ति बढेपछि छैटौं पटक डा.केसी अनशनमा बस्नु भएको छ । विशेष गरी गुणस्तरीय चिकित्सा शिक्षा र सेवाको सहज पहुँच आम नेपालीसम्म पु¥याउनुपर्ने, मेडिकल माफियाको नियन्त्रण हुनपर्ने उहाँको माग छ । यसपटक सरकारसँग पहिले जस्तै सम्झौता भएर आन्दोलन नरोकिने जनाउँदै डा.केसीले सबै माग कार्यान्वयन भएपछि मात्र अनशन तोडिने बताउँदै आउनुभएको छ ।